global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पाकिस्तानको सिङ्गमर्मर खानीमा दुर्घटाहुँदा नौ जनाको मृत्यु तीन घाइते

पाकिस्तानको सिङ्गमर्मर खानीमा दुर्घटाहुँदा नौ जनाको मृत्यु तीन घाइते

पाकिस्तानको सिङ्गमर्मर खानीमा दुर्घटाहुँदा नौ जनाको मृत्यु तीन घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार एउटा सिङ्गमर्मरको खानीमा दुर्घटना हुँदा मृत्यु हुने खानी श्रमिकको सङ्ख्या नौ जना पुग्नुका साथै अन्य तीन जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उद्धार कार्यलयका प्रवक्ताले दुर्घटना मर्दन जिल्लाको रुस्तम क्षेत्रमा भएको पुष्टि गर्दै दुर्घटना हँदा मजदुरहरू भग्नावशे मुनि फसेको बताएका छन ।

उद्धार टोलीले घटनास्थलबाट १२ जना श्रमीकलाई उद्धार गरेको र मृतक तथा घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

प्रान्तका मुख्यमन्त्रीका विशेष सहायक सफी जानले शोक व्यक्त गर्दै अधिकारीहरू तैनाथ गरी उद्धार कार्य जारी रहेको बताएका छन ।

प्रदेश सरकारले घाइतेहरूको उपचारका लागि तत्काल अस्पताल लैजाने आदेश दिदै घटनाको अनुसन्धान गर्न निर्देशन दिएको जनाएको छ ।

 

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु