global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु

टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु

टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु

टर्कीको दक्षिणपश्चिमी प्रान्तको मुग्ला तटमा बुधबार अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ ।

मिडियाका अनुसार बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिब छ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनाको सुचना प्राप्त भए पछि, टर्कीको तटरक्षकले आपतकालीन सुरक्षा व्यवस्थापनका लागि आवाश्यक डुङ्गा तथा पानी जहाजहरूलाई घटनास्थलमा तैथान गरेको उल्लेख गरेको छ ।

अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएका छन् ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु