global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दुबई नजिक कुवेती तेल ट्यांकरमा इरानी ड्रोन आक्रमण

दुबई नजिक कुवेती तेल ट्यांकरमा इरानी ड्रोन आक्रमण

दुबई नजिक कुवेती तेल ट्यांकरमा इरानी ड्रोन आक्रमण

दुबई नजिकको समुद्रमा रहेको कुवेती कच्चा तेल बोकेको ट्यांकरमा ड्रोन आक्रमण भएपछि आगलागी भएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरूले मंगलबार जनाएका छन् ।

कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)का अनुसार ‘अल–साल्मी’ नाम गरेको ठूलो तेल ट्यांकरमाथि इरानबाट ड्रोन आक्रमण गरिएको हो । उक्त जहाज दुबईको समुद्री क्षेत्र नजिकै एङ्कर गरिएको अवस्थामा थियो । दुबई सरकारका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । जहाजमा रहेका सबै २४ जना चालक दल सुरक्षित छन् ।

उक्त ट्यांकरमा कच्चा तेल भरिभराउ भएकोले तेल चुहावटको जोखिम रहेको भन्दै केपीसीले चिन्ता व्यक्त गरेको छ । कुवेत न्युज एजेन्सी (कुना)ले जनाएअनुसार आक्रमणपछि आगलागी भएको थियो ।

ब्रिटिश सैन्य निगरानी निकाय यूकेएमटीओका अनुसार जहाज दुबईबाट करिब ३१ नटिकल माइल उत्तर–पश्चिम क्षेत्रमा रहेको थियो । जहाजमा भएको क्षति र समग्र अवस्थाको मूल्याङ्कन भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु