एक्काइस करोडभन्दा बढी राजस्व सङ्कलन
वि.सं.२०८२ चैत १६ सोमवार ००:०४
shares

सुर्खेत । यातायात व्यवस्था कार्यालयले फागुनसम्म २१ करोड राजस्व सङ्कलन गरेको छ ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत, जुम्ला र रुकुम पश्चिममा रहेको कार्यालयबाट साउनदेखि फागुनसम्ममा २१ करोड ४८ लाख ८१ हजार ३०२ राजस्व सङ्कलन भएको हो । यातायात व्यवस्था कार्यालयले तीन प्रकारका शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।
यातायात क्षेत्रको आम्दानी (पटके तथा रुट परमिट) पत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर र प्रशासनिक दण्ड जरिवाना, जफत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए ।

























