गृहपृष्ठ बलिउडका चर्चित गायक विनोद राठोड, पप आइकन अनिशको कन्र्सट ‘एलओडी’मा, टिकट विक्री धमाधम

बलिउडका चर्चित गायक विनोद राठोड, पप आइकन अनिशको कन्र्सट ‘एलओडी’मा, टिकट विक्री धमाधम

बलिउडका चर्चित गायक विनोद राठोड, पप आइकन अनिशको कन्र्सट ‘एलओडी’मा, टिकट विक्री धमाधम

काठमाडौं । आगामी अप्रिल ८, २०२६ अर्थात यही चैत्र २५ गते मा म्याड इन्टरटेनमेन्टले ठमेलस्थित विश्वप्रसिद्ध क्लब ‘एलओडी’मा चर्चित दुई संगीतका हस्तीलाई मन्चमा उतार्ने भएको छ ।

यस विशेष साङ्गीतिक यात्रामा दुई हस्तीहरू–बलिउडका दिग्गज गायक विनोद राठोड र नेपाली पप आइकन अनिश ओकिली एउटै मञ्चमा देखिनेछन् ।

बाजीगर’ र ‘दिवाना’ जस्ता चलचित्रका सदाबहार गीतहरूमा स्वर दिएका राठोडले ‘ऐसी दीवानगी’ र ‘छुपाना भी नही आता’ जस्ता गीतहरू प्रस्तुत गर्नेछन् ।

आयोजक संस्था म्याड इन्टरटेनमेन्टका संस्थापक मनिष अधिकारीका अनुसार राठोडसँगै नेपाली तन्नेरी पुस्ताका ढुकढुकी अनीश ओकिलीले ‘मेरी ओकेली’ र ‘गुलाबी जादू’ जस्ता आफ्ना चर्चित गीतहरूबाट दर्शकलाई नचाउनेछन् ।

साँझ ८ बजे सुरु हुने कार्यक्रममा व्यावसायिक ‘डीएनबी’ अडियोटेक्निक साउन्ड सिस्टम ३६० डिग्री स्टेज भ्यु सहितको क्लबमा ९० को दशकका सङ्गीत प्रेमीहरूले एक अविस्मरणीय साङ्गीतिक अनुभव दिलाउन लागेको अधिकारीले जानकारी दिए ।

‘यो नेपालका लागि दुर्लभ साङ्गीतिक कार्यक्रम हुनेछ । किनकि विश्वका उत्कृष्ट १०० क्लबहरूको सूचीमा ४४औँ स्थानमा रहेको एलओडीमा स्टार कलाकारहरूको साथमा यस्तो भव्य प्रस्तुति साँचै दुर्लभ र अविस्मरणीय बनाउने प्रयासमा छौँ,’ अधिकारीले भने ।

बलिउडका चर्चित गायक विनोद राठोडले सुपरस्टार कलाकारहरू शाहरुख खान, सलमान खान र सञ्जय दत्तको स्टारडम पछाडिको आवाज दिइसकेका छन् । उनको नेपाल यात्रालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल बसाइका क्रममा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न स्थानहरुको भ्रमण समेत गर्नेछन् ।

करिब आठ बर्षपछि अमेरिकाबाट आएका अनिश भने निकै उत्साहित छन् । कार्यक्रमका लागि आयोजकले १५ सय र २ हजार रुपैंयाँ प्रवेश शुल्क तोकेको छ । टिकट विक्री धमाधम भइरहेको र सिमित संख्यामा टिकट बुक गर्न पाइने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु