गृहपृष्ठ महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्की पदमुक्त भएपछि उनले पनि राजीनामा दिएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेरअघि राजीनामा बुझाएकी हुन् ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २९ भदौमा उनलाई नेपाल सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।
प्रकाशित समय : १६:५४ बजे


















