nmb bank

गृहपृष्ठ यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय

यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय

यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय

काठमाडौं । नवनिर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही गम्भीर अपराधका कसुरदारलाई कारबाही तथा पीडितको शीघ्र न्यायका लागि विद्यमान कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन् ।

शुक्रबार पदवहाली गर्दै गौतमले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसुरका दोषीलाई दण्ड सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध अध्ययन कार्यदल गठनगरी सो को सिफारिसको आधारमा आगामी अधिवेशनमा अपराध संहितलगायत कानुनमा संशोधन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने पनि बताइन् ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु