काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सांसद रविन महतोद्वारा सपथ ग्रहण

1.17K
shares

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यमा निर्वाचित रविन महतोले सपथ लिएको छ ।

सिंहदरबारस्थित संसद् भवनमा आयोजित सपथ समारोहमा ढिलो गरी पुगेका महतोले बेग्लै सपथ लिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । प्रवक्ता गिरीले संसद्को अधिवेशन आह्वान भएपछि बैठक सञ्चालन हुनेगरी तयारी गरिएको बताए ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरुले सपथ लिएसँगै नयाँ सरकार गठन र संसद् अधिवेशनको प्रक्रिया आरम्भ हुनेछ ।