global ime bank Long Banner Ad

गृहपृष्ठ Suzuki eVitara को बुकिङ खुला, सुरुवाती मूल्य ४९,९९,००० रुपैयाँ

Suzuki eVitara को बुकिङ खुला, सुरुवाती मूल्य ४९,९९,००० रुपैयाँ

Suzuki eVitara को बुकिङ खुला, सुरुवाती मूल्य ४९,९९,००० रुपैयाँ

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक CG Motocorp ले आफ्नो बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) Suzuki e Vitara को बुकिङ औपचारिक रूपमा खुला गरेको छ । कम्पनीले उक्त घोषणा बुधबार WADA Auto Show, पोखरामा गरेको हो, जहाँ यसको प्रतिस्पर्धी सुरुआती मूल्य ४९,९९,००० रुपैयाँ पनि सार्वजनिक गरिएको छ ।

यो विशेष प्रारम्भिक मूल्य सीमित अवधिका लागि मात्र लागू हुने र सुरुवाती भेरियन्टमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । जापानी अटोमेकर Suzuki ले नेपालमा ल्याएको पहिलो प्रिमियम BEV का रूपमा e-Vitara ले जापानी विश्वसनीयता र इन्जिनियरिङलाई नेपाली ईभी बजारमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Suzuki e-Vitara का मुख्य विशेषताहरू

शक्तिशाली प्रदर्शन: ४९ kWh र ६१ kWh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्, जसले क्रमशः १०६ kW र १२८ kW शक्ति उत्पादन गर्छन् ।

उत्कृष्ट क्षमता: यी विशेषताले e-Vitara लाई आफ्नो मूल्य समूहमा उपलब्ध सबैभन्दा शक्तिशाली इलेक्ट्रिक सवारीसाधनमध्ये एक बनाएको छ ।

विश्वसनीय ब्रान्ड: सुजुकीको परीक्षणित विश्वास, टिकाउपन र विश्वसनीयतालाई आधुनिक ईभी प्रविधिसँग संयोजन गरिएको छ ।

कम्पनीका अनुसार, “यो मूल्य दायरामा जापानी ब्रान्डबाट आएको पहिलो ईभी हो । यसमा नवीनतम ब्याट्री प्रविधि र उन्नत सुरक्षा मापदण्डहरू समावेश छन् । भविष्यवादी डिजाइन भएको यो गाडीले ड्राइभिङलाई अझ सहज र रोमाञ्चक बनाउने सबै सुविधाहरू प्रदान गर्छ । साथै, देशभर फैलिएको सुजुकीको सेवा सञ्जालले ग्राहकलाई झन्झटमुक्त स्वामित्व अनुभव दिनेछ ।” कम्पनीले सन् २०३० सम्म सुजुकीका थप ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना पनि जनाएको छ ।

भविष्यवादी डिजाइन र आराम
एक्स्टेरियर (बाहिरी डिजाइन): e-Vitara को बलियो SUV स्टान्स, पोलिहेड्रल डिजाइन, R18 (१८ इन्च) एरोडाइनामिक एलोय ह्विल र रूफ स्पोइलरले आकर्षक र शक्तिशाली लुक दिन्छ । नयाँ पुस्ताको NEXTré 3-Point Matrix LED DRLs, LED प्रोजेक्टर हेडलाइट र आधुनिक फ्रन्ट फेसियाले यसको आकर्षण थप बढाएको छ ।

इन्टेरियर (भित्री डिजाइन):

डिजिटल ककपिट, ट्विन-डेक फ्लोटिङ कन्सोल, नयाँ स्टेयरिङ ह्विल, फिक्स्ड ग्लास सनरुफ र मल्टिकलर एम्बियन्ट लाइटिङसहितको प्रिमियम इन्टेरियर उपलब्ध छ । २५.६५ सेमी (१०.१ इन्च) डिजिटल डिस्प्ले र २६.०४ सेमी (१०.२५ इन्च) मल्टि-इन्फर्मेशन डिस्प्ले दिइएको छ । साथै, वायरलेस कनेक्टिभिटी र ‘Infinity by Harman’ साउन्ड सिस्टमले अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।

यात्रु आरामलाई प्राथमिकता दिँदै भेन्टिलेटेड फ्रन्ट सिट, १०-वे पावर एड्जस्टेबल ड्राइभर सिट र ४०:२०:४० स्प्लिट रियर सिट कन्फिगरेसन दिइएको छ, जसले बुट स्पेसलाई आवश्यकअनुसार मिलाउन सकिन्छ ।

प्रविधिमा नवीनता
HEARTECT-e प्लेटफर्म: नयाँ EV प्लेटफर्म HEARTECT-e मा आधारित यो गाडी उच्च मजबुती, फराकिलो केबिन र उच्च भोल्टेज सुरक्षा प्रणालीसहित निर्माण गरिएको छ । २,७०० मिमी व्हीलबेस र ५.२ मिटर टर्निङ रेडियसले उत्कृष्ट नियन्त्रण दिन्छ ।

प्रदर्शन: ३-इन-१ प्रणाली (मोटर, इन्वर्टर र ट्रान्समिसन) र लिथियम-आयन ब्याट्री प्याकसहित उपलब्ध छ । Cell-to-Pack प्रविधि र उन्नत थर्मल व्यवस्थापन प्रणाली प्रयोग गरिएको छ । -३०°C देखि ६०°C सम्मको तापक्रममा पनि उच्च प्रदर्शन दिन सक्ने गरी परीक्षण गरिएको छ ।

Eco, Normal र Sport ड्राइभिङ मोडका साथै Snow मोड पनि उपलब्ध छ । रेनेरेटिभ ब्रेकिङ प्रणालीले एक-पेडल ड्राइभिङ अनुभव दिन्छ । अनुकूल ग्रिल शटर प्रणालीले ५०० किमि भन्दा बढी रेन्ज प्रदान गर्न मद्दत गर्छ ।

सुरक्षा प्रणाली
५०% भन्दा बढी हाई-टेन्साइल स्टिल प्रयोग गरिएको HEARTECT-e प्लेटफर्ममा उन्नत ब्याट्री सुरक्षा संरचना छ । Level 2 ADAS, ७ एयरब्याग (ड्राइभर निँउ एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, सबै-डिस्क ब्रेक, e-Call, टायर प्रेशर मोनिटरिङ सिस्टम लगायतका सुविधा समावेश छन् ।

देशभरका सबै सुजुकी शोरुमहरूमा बुकिङ खुला गरिएको छ भने सुरुआती मूल्य सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु