global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक’ मा विद्यार्थीलाई वित्तीय शिक्षा

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक’ मा विद्यार्थीलाई वित्तीय शिक्षा

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक’ मा विद्यार्थीलाई वित्तीय शिक्षा

सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित विविध कार्यक्रम आयोजना गरेको छ ।

मार्च १६ देखि २२ सम्म मनाइएको साताव्यापी अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय र क्याम्पसमा ३८ स्थानमा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रममार्फत २ हजार १ सय ७१ विद्यार्थी सहभागी भएका थिए ।

बैंकका अनुसार कार्यक्रममा आफ्ना सेवा, डिजिटल कारोबार तथा त्यससँग सम्बन्धित सावधानीका विषयमा जानकारी दिइएको थियो । विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप तथा व्यवहार सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

यसैगरी, ४ सय ७८ विद्यार्थीलाई बैंकिङ प्रणालीबारे व्यावहारिक ज्ञान दिन विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । समग्रमा ५१ वटा कार्यक्रममार्फत २ हजार ६ सय ४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।

देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरु समेत प्रकाशन गरेको थियो ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु