global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न

सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न

सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न

सिरहा । सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा मनाइएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस महान पर्वमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

व्रतालु महिलाहरूले परम्परागत भेषभूषामा सजिएर विधिपूर्वक पूजा सम्पन्न गरेका थिए भने पुरुष र युवाहरूले व्यवस्थापनमा सक्रिय भूमिका निभाएका थिए । पूजास्थलहरूमा सरसफाइ, सजावट तथा सुरक्षा व्यवस्थापन राम्रोसँग मिलाइएको थियो । स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा कार्यक्रम व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ ।

चैती छठ पूजा विशेष गरी सूर्य देवताको आराधना गरिने पर्व हो, जसले परिवारमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गरिन्छ । गोलबजारमा यस वर्षको छठ पर्वले धार्मिक सहिष्णुता, सामाजिक एकता र सांस्कृतिक गौरवलाई अझ मजबुत बनाएको स्थानीयहरूको भनाइ रहेको छ ।

यसरी गोलबजारमा चैती छठ पर्व उल्लासमय वातावरणमा सम्पन्न भई सम्पूर्ण क्षेत्रमा धार्मिक तथा सांस्कृतिक माहोल छाएको थियो ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु