गृहपृष्ठ इद उल फितरका अवसरमा झलनाथ खनालको शुभकामना, राष्ट्रिय एकतामा जोडइद उल फितरका अवसरमा झलनाथ खनालको शुभकामना, राष्ट्रिय एकतामा जोड
इद उल फितरका अवसरमा झलनाथ खनालको शुभकामना, राष्ट्रिय एकतामा जोडइद उल फितरका अवसरमा झलनाथ खनालको शुभकामना, राष्ट्रिय एकतामा जोड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले इद उल फितरको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।
खनालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फितरले आपसी मित्रता, भातृत्व र एकता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै यसले विविधतामा आधारित नेपाली समाजमा राष्ट्रिय एकता, आपसी मैत्री तथा धार्मिक सहिष्णुतालाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
शुभकामना सन्देशमा उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै देशलाई राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको मार्गमा अगाडि बढाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
प्रकाशित समय : ०९:१८ बजे


















