काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेशका मुख्यमन्त्री यादवद्वारा १०० दिनका ५१ उपलब्धि सार्वजनिक

2.58K
shares

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले १०० दिनमा ५१ वटा मुख्य काम अघि बढाएको दाबी गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन, यातायात र अर्थलगायत विभिन्न क्षेत्रमा काम सुरु गरिएको वा छलफलको चरणमा पुगेको बताए ।

उनका अनुसार सबैभन्दा उल्लेखनीय उपलब्धिका रूपमा जनकपुरधामको प्रादेशिक अस्पतालमा बिरामीहरूले घरबाटै मोबाइलमार्फत ओपीडी टिकट काट्न सक्ने डिजिटल सेवा लागू गरिएको छ, जसले भिड र समय दुवै घटाउने अपेक्षा गरिएको छ । किसानका लागि मलमा घटाइएको अनुदान पुनः पूर्ववत् बनाउन प्रदेश सरकारले संघीय सरकारसमक्ष प्रस्ताव पेस गरेको छ, जसलाई यसै वर्षदेखि लागू गर्ने तयारी छ ।

धार्मिक तथा पर्यटन प्रवर्द्धनतर्फ जनकपुरधामको जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । साथै, रामजानकी रंगशालाको निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

यातायात क्षेत्रमा ई–रिक्सा र ट्र्याक्टर चालकलाई प्रयोगात्मक परीक्षामार्फत लाइसेन्स दिने व्यवस्था सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ । ‘एक निर्वाचन क्षेत्र, पाँच किलोमिटर सडक’ योजनाअन्तर्गत पहिलो चरण सम्पन्न भई दोस्रो चरणका लागि तयारी पूरा भएको छ ।