global ime bank Long Banner Ad

गृहपृष्ठ एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट

एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट

एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट {"ServiceProvider":"meizhuo","Time":"2026-03-03 15:39:10.677","ContentID":"3a790097fc934e7eac4d6a155f20e819"}

सन् २०२२ मा स्थापित इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालले एक लाख ग्राहक (घरधुरी) कोशेढुगा पार गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गरी सेवा सुरु गरेको यस कम्पनीले सञ्चालनको तीन वर्षभित्रै यो सफलता पाएको हो ।

सस्तो र भरपर्दो इन्टरनेट सेवाको नारासहित बजारमा आएको वाई-फाई नेपालले हाल देशभरका १०० भन्दा बढी सहरहरूमा आफ्नो सेवा विस्तार भइसकेको जानकारी दिएको छ । कम्पनीले ४० भन्दा बढी सम्पर्क कार्यालय र ५०० भन्दा बढी कर्मचारीहरूमार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको माघ महिनासम्मको एमएआईएस रिपोर्ट अनुसार वाई-फाई नेपाल प्रालिका ग्राहक संख्या एक लाख दुई हजार ९९१ रहेका छन् भने इन्टरनेट सेवा प्रदायकको सूचीमा नवाैँ स्थानमा छ ।

विशेषगरी विद्यार्थी, साना उद्यमी, व्यवसायी र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर ल्याइएका प्याकेजहरूका कारण छोटो समयमै ठुलो ग्राहक आधार बनाउन सफल भएको कम्पनीको दाबी छ ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु