गृहपृष्ठ काठमाडौँमा बढ्यो वायु प्रदूषण
काठमाडौँमा बढ्यो वायु प्रदूषण
काठमाडौँ २५ फागुन : काठमाडौँकाे मनमैजुबाट आइतबार बिहान देखिएको तुवाँलाेले ढाकीएकाे काठमाडाैँका घर बस्ती।तस्बिर : हरिराम भेटुवाल/ रासस
काठमाडौँकाे मनमैजुबाट आइतबार बिहान देखिएको तुवाँलाेले ढाकिएकाे काठमाडाैँका घर बस्ती स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरे ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरे । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ । पुराना गाडीले वायु प्रदूपण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलोधुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ । अझै एकहप्ता काठमाडौँमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १९:१७ बजे




















