nmb bank

गृहपृष्ठ अस्ट्रेलियाले भारतलाई हरायो, हिलीको बिदाइ

अस्ट्रेलियाले भारतलाई हरायो, हिलीको बिदाइ

अस्ट्रेलियाले भारतलाई हरायो, हिलीको बिदाइ

अस्ट्रेलिया महिला टोलीले भारत महिला टोलीलाई एकमात्र टेस्ट खेलमा आज १० विकेटले हराएको छ। पर्थस्थित वाका मैदानमा भएको खेल तीन दिनमै सकिएको हो।

पहिलो इनिङ्समा भारतले १ सय ९८ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले ३ सय २३ रन बनाउँदै १२५ रनको अग्रता लियो। अस्ट्रेलियाका लागि एनेबल सुदरल्यान्डले उत्कृष्ट १ सय २९ रन बनाइन् । एलिस पेरीले ७६ रन जोडिन्।

दोस्रो इनिङ्समा भारत १ सय ४९ रनमै अलआउट भयो। भारतका लागि डेब्यु खेल खेलिरहेकी प्रतिका रावलले अर्धशतक (६३रन ) बनाइन्।

भारतले दोस्रो इनिङ्समा अस्ट्रेलियालाई जितका लागि मात्र २५ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाका ओपनर जर्जिया भोल र फिबी लिचफिल्डले कुनै विकेट नगुमाई लक्ष्य पूरा गरे।

यो जितसँगै अस्ट्रेलियाकी कप्तान एलिसा हिलीले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनलाई विजयी अन्त्य दिइन्। श्रृंखलाको समग्र नतिजामा पनि अस्ट्रेलियाले भारतलाई १२-४ अंकले हरायो।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु