nmb bank

गृहपृष्ठ सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा

रामेछाप । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल अग्रस्थानमा रहेका छन् ।

मरिण, सुनकोसी, घ्याङलेख, हरिहरपुरगढी र कमलामाई १–७ वडासम्मको मतगणना अनुसार आशिष गजुरेलले १४ हजार ९१३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी लेखनाथ दाहाल (राजन) लाई ९२४ मतले पछि छोडेका छन् ।

यस्तै, एमालेका मनोज जंग थापाले ९ हजार ६२५ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार २७६ मत प्राप्त गरेका छन् । अब चारवटा वडाको मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु