nmb bank

गृहपृष्ठ इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे”क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर

इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे”क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर

इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे”क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर

विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा“प्लेटिनम ड्राइभर्स गिभअवे”क्याम्पेन सुरुवात गरेको छ।अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनकप्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचागर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचानगर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्डन्यू टाटा एक्सप्रेस ईभीकार, स्टाइलिश ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज रहेका छन् ।

क्याम्पेनको बारेमा
फेब्रुअरी २३, २०२६ अर्थात २०८२ फागुन ११ गतेदेखि मार्च १, २०२६ अर्थात फागुन १७गतेसम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्तगर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्यहुन न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ। २ मार्च, २०२६ अर्थात फागुन १८ गतेदेखि, इनड्राइभ चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा भाग लिने मौका पाउनेछन्, र प्रत्येकले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

२ मार्च अर्थात फागुन १८ गतेदेखि २९ मार्च अर्थात चैत्र १५ गतेसम्मको चुनौतीको प्रत्येक हप्तामा प्लेटिनम स्थिति प्राप्तगर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको साथसाथै ग्रान्ड प्राइजको लागिपनि योग्य हुनेछन्, जसमा क्याब चालकहरूको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरहरूको लागि याडिया भेलाक्स ईभी स्कूटर समावेश छ।

क्याम्पेन तीन चुनौती युक्त हप्ता सहित तयार पारिएको छ, र प्रत्येक हप्ता विजेताहरूको घोषणा तथा २ अप्रिल, २०२६ अर्थात २०८२ चैत १९ गते एक भव्य कार्यक्रमका साथ ग्राण्ड विजेता सार्वजनिक गरिनेछ ।

पुरस्कारहरूः
● टाटा एक्सप्रेस–टी ईभी(क्याब श्रेणी ग्रान्ड प्राइज)–१ जनालाई
● याडिया भेलाक्स ईभीस्कूटर (बाइकश्रेणी ग्रान्ड प्राइज)– २ जनालाई
● सामसङका स्मार्टफोनहरूः १६ जनालाई
● स्टेकेसन प्याकेजः ४

साप्ताहिक पुरस्कार घोषणा (१६ ओटा सामसङ स्मार्टफोन र ४ स्टेकेसन प्याकेजहरू)

क्याम्पेनमा सहभागीहुने योग्यता

ग्रान्ड प्राइजको लागि योग्यहुन, चालकहरूले अभियानको चारै हप्ताको लागि प्लेटिनम स्ट्याटस कायम राख्नुपर्छ। कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्तगर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिनेछ।

चालकहरूलाई सशक्तबनाउँदै
अभियानले आफ्नो डाइभर कम्युनिटीलाई मान्यता, पुरस्कार र विकासका अवसरहरू प्रदानगर्ने इनड्राइभको मिशनलाई जारी राखेको छ । यो उपहार चालक सन्तुष्टि र दीर्घकालीन संलग्नता बढाउने फराकिलो पहलको हिस्सा हो।

इनड्राइभ नेपालकीसिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिताजीमी राईले भनिन्,“हाम्राड्राइभर पार्टनर्सहरू नै नेपालमा इनड्राइभको सफलताको साँचो आधारस्तम्भ हुनुहुन्छ। उहाँहरूको अटल समर्पण, उच्च व्यावसायिकता र सेवा प्रतिको इमानदार प्रतिबद्धताले ‘सबैका लागिनिष्पक्ष, पारदर्शी र पहुँच योग्य गतिशीलता’भन्ने हाम्रो मूल उद्देश्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रत्येकयात्रा केवल एक स्थानबाट अर्को स्थानसम्मको दूरी पार गर्नु मात्रहोइन, त्यो यात्राले विश्वास, सुरक्षा, आपसी सम्मान र इनड्राइभले अँगालेका मूल्यहरूको प्रतिनिधित्वगर्दछ । यो अभियानहाम्रा ड्राइभर–पार्टनर्सप्रतिव्यक्तगरिएको हाम्रो हार्दिक आभार र सम्मानको प्रतीकहो। हामीउहाँहरूको निरन्तर मिहिनेत, धैर्यता र जिम्मेवारीबोधप्रतिगहिरो कृतज्ञता व्यक्तगर्दछौं। नेपालभरि हजारौं यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवाप्रदानगर्दै शहरलाई चलायमान राख्ने वास्तविकनायकहरू हाम्राचालक साझेदारहरू नै हुनुहुन्छ।”

उनले भनिन,“हामीदृढ विश्वास गर्छौं—जब हामी हाम्राड्राइभर पार्टनर्सहरूलाई सशक्त, सुरक्षित र समर्थ बनाउँछौं, तब सम्पूर्ण इनड्राइभ इकोसिस्टम अझबलियो, समावेशी र दिगो बन्छ। यही सोचका साथ यो पहल अघि बढाइएको हो, जसले चालक साझेदारहरूको योगदानको वास्तविकमूल्यांकनमात्रहोइन, उनीहरूको समर्पणलाई सार्वजनिक रूपमा सम्मानगर्ने उद्देश्य पनि राख्छ। नेपालभरि इनड्राइभको विस्तार, विश्वसनीयता र सकारात्मक छविमा उहाँहरूको भूमिकाअपरिहार्य रहेको छ।

हामीले वाचा गरेअनुसार अझ ठूलो र प्रभावकारी अभियान सहितपुनःउपस्थित हुनपाउँदा उत्साहित छौं। यस पटक हामीतपाईंहरूको अथकप्रयास,निरन्तर सक्रियता र दैनिक योगदानलाई सम्मानगर्न विशेष ‘मेगागिभअवे’ अभियान प्रस्तुतगर्दैछौं। यो केवल पुरस्कार वितरण कार्यक्रमहोइन, तपाईंहरूले जिम्मेवारीपूर्वक पूरा गर्नुभएको अनगिन्तीयात्राहरूको उत्सवहो। हाम्रा सबै चालक साझेदारहरूलाई आग्रह छ—प्लेटफर्ममा सक्रिय रहनुहोस्, उत्कृष्ट सेवाप्रदानगर्न निरन्तर प्रतिबद्ध रहनुहोस्, र इनड्राइभ समुदायलाई अझ सशक्त बनाउन आफ्नो योगदान जारी राख्नुहोस्। तपाईंहरूको यही समर्पणको कदरस्वरूप हामीले ल्याएको रोमाञ्चक मेगा गिफ्ट ह्याम्पर जित्ने यो सुनौलो अवसरको पूर्ण फाइदा उठाउनुहोस्। हामी सधैं तपाईंहरूसँग छौं, र आगामी दिनहरूमाअझ धेरै सहयोगमूलक तथा लाभदायक कार्यक्रमहरू ल्याउँदै जानेछौं।”

प्रकाशित समय : १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु