गृहपृष्ठ कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल ???????(??????), ?? ?????? ?????????? ??????-??????? ?????????? ???????? ?????? ?????? ?????? ??????? ???????? ???????? ?????? ????? ?????????? ??? ???????? ?????? ??????? ??????????? ? ??????? ?????? ???????? ????????? ?????? ???????? ???? ?????? ???? ???? ?? ??????? : ????? ????/????

बाजुरा । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार कानुन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताएको छ ।

सुदूरपश्चिमको बाजुरामा निर्वाचन अघि शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन पुगेका गृहमन्त्री अर्यालले कानुन विपरितका कार्य कसैले पनि नगर्न आग्रह गरे। जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षी बैठकमा मन्त्री अर्यालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह गरे।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि बनेको सरकारले निर्वाचनको जिम्मेवारी लिएकाले निर्वाचन नहुनेमा कुनै शंका नगर्न गृहमन्त्री अर्यालले आग्रह गरे । निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पाएकाले हदैसम्म सहजीकरण गर्न सरकार पछि नहट्ने उनको भनाइ थियो ।

गृहमन्त्री अर्यालले राजनितिक र प्रशासनिक सुशासन प्रत्याभूत गराउन निर्वाचन आवश्यक भएको बताए । कर्मचारी र सुरक्षाकर्मीलाई कोही कसैको पनि पक्षधर नबन्न उनले निर्देशन दिए । उनले सुरक्षाकर्मी र नागरिक माथि कुनै किसिमको हिंसा हुन नदिन जिल्लामा दलहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

गहृमन्त्री अर्याल तथा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोली जिल्ला आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएए ।

प्रकाशित समय : १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु