गृहपृष्ठ तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति म्यलबमि ले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै अमेरिका र इजराईलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई “न्याय” मिलेको छ ।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था Reuters तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी टेलिभिजन च्यानल यह ल्भधक ले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको जनाएको छ ।

संयुक्त आक्रमणपछि इरानको राजधानी Tehran स्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरमा देखिएको बताइएको छ । यद्यपि, उक्त दाबीबारे इरान सरकार वा स्वतन्त्र स्रोतबाट आधिकारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन ।

प्रकाशित समय : ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु