गृहपृष्ठ बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड
बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उक्त नीतिबारे आयोजित छलफलमा उनले मानव बेचबिखनविरूद्ध समाजका सबै वर्ग एकताबद्ध हुनुपर्ने बताए ।
पर्याप्त स्रोत, साधन र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धार गर्न कठिन भएको स्वीकार गर्दै उनले सामाजिक सङ्घसंस्थाको सहयोग र एकताबाट कठिनभन्दा कठिन काम पनि सहज रूपमा सम्पन्न गर्न सकिन्छ भने।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले मानव बेचबिखनजस्तो निकृष्ट कृत्य निर्मूल गर्न नीति सहयोगी हुने विश्वास व्यक्त गरे ।
प्रकाशित समय : १५:२४ बजे


















