nmb bank

गृहपृष्ठ जंगली बँदेललाई धपाउन, पक्रन वा मार्न पाइने, सरकारद्वारा ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा

जंगली बँदेललाई धपाउन, पक्रन वा मार्न पाइने, सरकारद्वारा ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा

जंगली बँदेललाई धपाउन, पक्रन वा मार्न पाइने, सरकारद्वारा ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा

काठमाडौं । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्याउने जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ ।

मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार, अब किसानले आफ्नो निजी खेत, खला वा बारीमा पसेर दुख दिने जंगली बँदेललाई (सानो जातको बँदेल बाहेक) बिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन् ।

सरकारले यो सुविधा केही निश्चित सर्तहरूको अधीनमा रहेर मात्र दिएको छ ।

क्षति पुर्याएको अवस्थामा : बँदेलले किसानको बालीनाली वा धनजनको हानी नोक्सानी पु¥याएमा मात्र किसानले एक्लै वा सामूहिक रूपमा त्यसलाई धपाउन, लखेट्न वा पक्रन पाउनेछन् ।

सम्बन्धीत निकायमा बुझाउनुपर्ने : यदि बँदेललाई जिउँदै समातिएको छ भने त्यसलाई तुरुन्तै नजिकैको राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र, डिभिजन वन कार्यालय वा सो मातहतका कार्यालयमा बुझाउनुपर्नेछ ।

स्थानीय तहलाई जानकारी : यस्तो घटनाको जानकारी सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत दिनुपर्ने सूचनामा उल्लेख छ ।  यो व्यवस्था राजपत्रमा सूचना प्रकाशित भएको मिति (२०८२/११/११) देखि एक वर्षसम्मका लागि मात्र लागु हुने बताइएको छ । यस निर्णयले वर्षौँदेखि बँदेलको आतंकबाट पीडित पहाडी तथा तराईका किसानहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु