nmb bank

गृहपृष्ठ बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन कडा सुरक्षा तयारी, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला

बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन कडा सुरक्षा तयारी, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला

बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन कडा सुरक्षा तयारी, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला

बाजुरा । ‎बाजुरा जिल्लालाई निर्वाचनका बेला ‘अशान्त जिल्ला’ भनेर चित्रित गर्ने भाष्य गलत रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । विगतका निर्वाचनमा भएका केही दुर्भाग्यपूर्ण घटनाका आधारमा जिल्लालाई नकारात्मक रूपमा प्रस्तुत गर्नु उचित नभएको उल्लेख गर्दै उनले यसपटकको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन व्यापक तयारी गरिएको जानकारी दिए ।

‎उनका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल आ–आफ्नो जिम्मेवारी क्षेत्रमा परिचालित छन् । मतदान केन्द्रभित्र नेपाल प्रहरीको सुरक्षा रहनेछ भने बाहिरी घेरामा अन्य सुरक्षा निकाय परिचालन गरिनेछ । सम्भावित संवेदनशील क्षेत्रलाई लक्षित गर्दै मोबाइल फोर्स र गस्ती टोली समेत तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

‎जिल्ला सुरक्षा समितिको नियमित बैठक तथा सरोकारवाला निकायसँग समन्वय गर्दै कुनै पनि प्रकारको तोडफोड वा हिंसात्मक गतिविधि हुन नदिन सतर्कता बढाइएको प्रजिअ निरौलाको भनाई छ । उनले स्थानीयवासीलाई नआत्तिन, नडराउन र शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका गरे ।

प्रकाशित समय : ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु