nmb bank

गृहपृष्ठ आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

धनगढी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा विहीबार धनगढी पुगेका छन् । विहीबार दिउँसो धनगढी बिमानस्थलमा समर्थकहरुले स्वागत गरेका छन् ।

स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक -याली गरिएको छ ।

विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न जिल्ला पुग्ने कार्यतालिका छन् । उनी कन्चनपुर, कैलाली, वर्दियामा हुने आमसभामा सहभागी हुनेछन् ।

सुदुरपश्चिमको भ्रमण सकेर उनी काठमाडौं फर्किने कार्यक्रम छ । त्यसलगत्तै अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम छ ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु