global ime bank Long Banner Ad

गृहपृष्ठ रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा

रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा

रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा

काठमाडौं । अभिनेतृ एवं निर्देशक रेखा थापाले नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेको यस्तो होला’को घोषणा गरेकी छिन् ।

आइतबार शिवरात्रीको अवसरमा निर्देशक थापाले एक समारोहकाबीच आफ्नो नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र निमार्णको घोषणा गरेकी हुन् ।

थापाको तेस्रो निर्देशकीय फिल्र्म माया भनेको यस्तो होला’ को लेखक ध्रुव लम्साल हुन् भने फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् । फिल्म दिया एन्ड अमुको प्रस्तुतीमा बन्न लागेको हो ।

फिल्मा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्देशक एवं अभिनेतृ थापाले नेपाली समाजकै घटना र विषयबस्तुमा चलचित्र बन्न लागेको भन्दै चलचित्र हरेक पुरुष र महिलाले आफ्नो कथा भएको अनुभव गर्ने बताइन् ।

‘यो चलचित्र हाम्रै समाजमा घटेका घटका तपाई हाम्रै जीवनमा घटेको घटना र हरेकले अनुभुति गरेका विषयलाई नै उठाएको छु । मलाई नारीवादी मात्र चलचित्र बनाउछे भन्ने ट्याग छ तर पुरुषलाई पनि पिडा हुन्छ,’उनले भनिन्र्, न्याय र अन्याय छुट्याउदा पुरुष र नारी भनेर हेर्दिन । यो चलचित्र हरेक पुरुषले हरेक महिलाले रिलेटेट् गर्नुहुन्छ । तपाईहरले सोचेभन्ना भिन्न प्रकारको र सबैलाई मन पर्ने चलचित्र बन्नेछ ।’

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनबहादुर श्रेष्ठले जिन्दगीभर टेलिफिल्म र हास्य कला क्षेत्रमा व्यस्त रहेको भन्दै नयाँ संसारमा छिरे जस्तो अनुभव गरिरहेको बताए ।

‘आज म रेखा थापा बहिनीको निर्देशनमा बन्न लागेको माया त यस्तै होलामा खेल्दैछु । नयाँ संसारमा छिरे जस्तो लागेको छ । जिन्दगीभर टेलिफिल्म र हास्य टेलिफिल्ममा व्यस्त भए । फिल्म क्षेत्रका धेरैलाई चिनेकै छैन नयाँ संसारमा भए जस्तो भएको छ,’ उनले भने ।

यस्तै कलाकार सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको भन्दै दर्शकसामु जान आतेर रहेको बताइन् ।

‘हामी सुन्दर चलचित्र लिएर आउँदैछौ । यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित छु र यो चलचित्र लिएर दर्शकसामु जान पनि उत्साहित छौ,’ उनले भनिन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु