गृहपृष्ठ मतदाता भेट्न ओली आज झापा जाँदै
मतदाता भेट्न ओली आज झापा जाँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफनो निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा जादैँ छन् ।
उनी झापा जाने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
ओली आज काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका छ । आजको कार्यक्रमअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनेछन् ।
प्रकाशित समय : १३:३५ बजे


















