global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन लाइफको १९ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन लाइफको १९ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन लाइफको १९ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा सम्पन्न भएको हो ।

उक्त सभाले संचालक समितिको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८१/८२ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा-नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस्तै सभाले स्वतन्त्र संचालक गोपाल घिमिरेको नियुक्ति र संचालक दिपक नेपालको नियुक्तिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।

कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु