global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मकवानपुरको चित्लाङमा चितुवा मृत फेला

मकवानपुरको चित्लाङमा चितुवा मृत फेला

मकवानपुरको चित्लाङमा चितुवा मृत फेला

मकवानपुरको चित्लाङमा चितुवा मृत फेलाकाठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोलाको किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार हिजो (माघ १९ गते) साँझ करिब ५ः३० बजे उक्त स्थानमा चितुवा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक दिननाथ प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

घटनास्थलमा मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको रोहबरमा आवश्यक मुचुल्का कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ । मुचुल्का सकिएपछि राति करिब ८ः१० बजे मृत चितुवालाई गोदाम चौरमा लगेर व्यवस्थापन गरिएको छ ।

प्रहरीका अनुसार उक्त स्थान इलाका प्रहरी कार्यालय चित्लाङबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्दछ । चितुवाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित समय : ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु