global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ हुन्डाई नेपालद्वारा क्रेटा ईभीको ड्राइभिङ रेञ्ज बढाउने बीएमएस अपडेट सार्वजनिक

हुन्डाई नेपालद्वारा क्रेटा ईभीको ड्राइभिङ रेञ्ज बढाउने बीएमएस अपडेट सार्वजनिक

हुन्डाई नेपालद्वारा क्रेटा ईभीको ड्राइभिङ रेञ्ज बढाउने बीएमएस अपडेट सार्वजनिक

हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि ड्राइभिङ रेञ्ज वृद्धि गर्ने उद्देश्यसहित ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) अपडेट सार्वजनिक गरेको छ । कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई निःशुल्क सफ्टवेयर अपडेट गराउन आग्रह गरेको छ ।

नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखी तयार गरिएको यस बीएमएस अपडेटमार्फत ब्याट्रीको कार्यक्षमता थप अप्टिमाइज गरिएको छ । अपडेटपछि क्रेटा ईभीको रेञ्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने हुन्डाई नेपालको दाबी छ ।

नयाँ अपडेटले दैनिक आवागमन तथा लामो यात्रामा प्रयोगकर्तालाई थप सहजता, सुविधा र भरोसा प्रदान गर्ने विश्वास लिइएको छ । यसले क्रेटा ईभीलाई अझ व्यवहारिक र भरपर्दो विद्युतीय सवारीका रूपमा स्थापित गर्न सहयोग पु-याउनेछ ।

उक्त बीएमएस अपडेट हुन्डाई नेपालको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसका कारण सबै क्रेटा ईभी ग्राहकहरूले सजिलै यसको लाभ लिन सक्नेछन् । हुन्डाई नेपाल निरन्तर रूपमा आफ्ना सवारी साधनको स्तरोन्नति गर्दै ग्राहक सन्तुष्टि बढाउन प्रतिबद्ध रहँदै आएको छ ।

 

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु