global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी । सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पाँच हजार ५३ स्वदेशी एवं विदेशी पर्यटकको आगमन भएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६को सुरुवाती दिनदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवं वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याइएकामा उक्त केन्द्रमा जनवरी १ देखि ३१ गतेसम्मको पर्यटक सङ्ख्या अभिलेखीकरण गरिएको हो ।

एक महिनामा भित्रिएका कूल पाँच हजार ५३ पर्यटकमध्ये आन्तरिक पर्यटकको सङ्ख्या पाँच हजार २७ रहेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार त्यसमध्ये महिला दुई हजार २७६ जना छन् भने पुरुष दुई हजार ७५१ जना छन् ।

यस अवधिमा सिक्लेस आउने विदेशी पर्यटक २६ जना रहेकामा पुरुष १६ जना र महिला १० जना रहेको उनले जानकारी दिए । केन्द्रमार्फत पर्यटकको तथ्याङ्कसँगै यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीका साथै यहाँस्थित होटेल तथा घरबासलगायत विषयमा जानकारी प्रदान गरिएको थियो ।

जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ ।

पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यहरुमा पदयात्रा गर्न सकिन्छ ।

प्रकाशित समय : ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु