global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘आहा–रारा कप’ को तयारी पूरा

‘आहा–रारा कप’ को तयारी पूरा

‘आहा–रारा कप’ को तयारी पूरा

‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । सहारा क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा विदेशका चार र स्वदेशी आठ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरालगायत सहभागी हुनेछन् ।

यसैगरी, भारतबाट थन्डरबोल्ट युनाइटेड (सिक्किम) सहित दुई समूह तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

क्लबले पुरस्कार राशिमा वृद्धि गरेको उनले बताए। प्रतियोगिताको विजयी टोलीलाई १४ लाख एक हजार, उपविजेतालाई सात लाख एक हजार प्रदान गरिनेछ ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु