global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीतिक घोषणापत्रमा निजी क्षेत्र र अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ: चन्द्र ढकाल

राजनीतिक घोषणापत्रमा निजी क्षेत्र र अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ: चन्द्र ढकाल

राजनीतिक घोषणापत्रमा निजी क्षेत्र र अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गरेका हुन् ।

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्”, उनले भने ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु