गृहपृष्ठ अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारको विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिएको छ ।
शनिबार टेलिग्राममार्फत जानकारी सार्वजनिक गर्दै गिलले यो भ्रमण अमेरिका र भेनेजुएलाबीच जारी कूटनीतिक सम्पर्क र संवादको निरन्तर प्रयासको महत्वपूर्ण हिस्सा भएको बताए ।
उनका अनुसार दुवै पक्षबीच हुने वार्ताको मुख्य उद्देश्य द्विपक्षीय चासोका राजनीतिक, कूटनीतिक र रणनीतिक विषयहरूमा स्पष्ट र व्यवहारिक कार्ययोजना (रोडम्याप) तय गर्नु हो।
साथै विगतदेखि रहँदै आएका मतभेद, असहमति र विवादास्पद विषयहरूलाई शान्तिपूर्ण र कूटनीतिक संवादमार्फत सम्बोधन तथा समाधान गर्ने प्रयास गरिनेछ। विदेशमन्त्री गिलले यो सम्पूर्ण प्रक्रिया पारस्परिक सम्मान, समानता र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै अघि बढाइँदै आएकोमा जोड दिँदै, यी सिद्धान्तहरू नै अमेरिका–भेनेजुएला सम्बन्धलाई मार्गदर्शन गर्ने आधारभूत मान्यता भएको स्पष्ट पारे ।
प्रकाशित समय : १२:५८ बजे





















