global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेलको अभिनय देख्न सकिन्छ ।

गीतमा स्वर स्वयं प्रविन बज्राचार्यको रहेको छ । गीतको शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन पनि प्रविन बज्राचार्यले नै गरेका छन् । छायाँकन अनिल र गोपालले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेको छ ।

‘सोल्टिनी’ गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ । गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ। गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु