गृहपृष्ठ पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको मुद्दा आज सुनुवाइ हुँदै
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको मुद्दा आज सुनुवाइ हुँदै
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ आइतबार हुने भएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ ।
प्रकाशित समय : ११:४६ बजे





















