global ime bank Long Banner Ad

गृहपृष्ठ भ्याली पब्लिकलाई केभीकेएसएस कप

भ्याली पब्लिकलाई केभीकेएसएस कप

भ्याली पब्लिकलाई केभीकेएसएस कप

भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भएको फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–१९ को साँघुरोअन्तरले पराजित ग-यो । भ्याली पब्लिककी दृष्य गुरुङले ७ स्कोर गरिन् ।

केभीकेएसएस ‘ए’ ले ल्यानडमार्क एकेडेमीलाई २८–२० ले हराउदै तेश्रो भयो । केभीकेएसएस ‘ए’ की खुशी मिटोकले १३ अंक जोडिन् ।

भ्याली पब्लिककी सेलिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’, इबीएकी सन्जिला मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र केभीकेएसएस ‘ए’ की एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । काठमाडौं युरो स्कुलले अनुशासित टिमको उपाधि हात पार्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम घोषित भयो ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु