global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

काठमाडौं । पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्कीएर ग्राहकलाई दिने सम्मको काम गरिरहेको छ ।

रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० जना भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराईमा सामग्री खन्याउने, चलाउने र चलाएर भुट्ने काम गर्दै केही मिनेटमै खाना तयार गर्छ । तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पु-याउने काम गर्दछ ।

रेस्टुरेन्टमा खाना चाखेका एक ग्राहकले स्वाद सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । “खाना स्वादिलो छ र मेरो रुचिअनुसारकै छ । अलि नरम भएको भए अझ राम्रो हुन्थ्यो,” उनले भने ।

अन्य केही ग्राहकका लागि भने यो अनुभव बाल्यकालको विज्ञान–कथा (साइ–फाइ) सपना जस्तै लागेको छ । एक ग्राहकले भने, “सानो हुँदा कार्टुनमा रोबोटले खाना पकाएको देख्थेँ । अहिले त्यो बाल्यकालको सपना पूरा भएको जस्तो लाग्यो।”

हाल उक्त रेस्टुरेन्टमा १० भन्दा बढी रोबोट सञ्चालनमा छन् । तीमध्ये केहीले खाना पकाउने, नुडल्स र कफी बनाउने काम गर्छन् भने केही रोबोटले भुइँ सफा गर्ने काम गरिरहेका छन् ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु