गृहपृष्ठ सिम्रिक एयरले उच्च पहाडी क्षेत्रमा उडान भर्ने
सिम्रिक एयरले उच्च पहाडी क्षेत्रमा उडान भर्ने
सिम्रिक एयरले उच्च पहाडी क्षेत्रमा उडान भर्नेगरी थप अर्को हेलिकप्टर थपेको छ । कम्पनीले विश्व प्रसिद्ध एयरबस कम्पनीको उत्पादन एयरबस एच१२५ हेलिकप्टर भित्र्याएको हो ।
नेपालको उच्च पहाडी क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालनलाई थप सुदृढ पार्न एयरबस हेलिकप्टर थपेको कम्पनीले जनाएको छ ।
एयरबस एच१२५ उच्च पहाडी क्षेत्रमा उद्धार, आपतकालीन स्वास्थ्य उपचारका लागि विरामीको सेवा, तीर्थयात्राका उडानहरू र टाढाको चार्टर सञ्चालनका लागि प्रयोग गर्ने जनाएकोक छ । एयरबसको उत्पादन शक्तिशाली इन्जिन प्रदर्शन, उच्च लिफ्टिङ क्षमता र विश्वसनीयताले हिमालयी वातावरणमा समेत उपयुक्त हुने विश्वासछ।
सिम्रिक एयरले सरकारी एजेन्सीहरू, पर्यटन र ट्रेकिङ अपरेटरहरू, कूटनीतिक नियोगहरू र दूतावासहरू, गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, कर्पोरेट ग्राहकहरू र अस्पतालहरूसहित आपतकालीन प्रतिक्रिया टोलीहरूलाई समेत दक्षता, सुरक्षा र विश्वसनीयताका साथ सेवा पुर्याउने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १७:१२ बजे





















