गृहपृष्ठ सूर्यकुण्ड हाइड्रोल आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
सूर्यकुण्ड हाइड्रोल आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । माघ १८ देखि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गर्न लागेको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ।
यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखासँगै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।
सूर्यकुण्ड हाइड्रोको आइपीओ निष्कासन बन्द छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
प्रकाशित समय : १६:५१ बजे





















