गृहपृष्ठ ग्रामिण क्षेत्रमा देखिएको रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्मको होइन् : महासचिव पोखरेल (भडियो सहित)
ग्रामिण क्षेत्रमा देखिएको रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्मको होइन् : महासचिव पोखरेल (भडियो सहित)
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रास्वपाको जन्म भएको शहरी क्षेत्रमा नै रास्वपा प्रतिस्पर्धामा नरहेको भन्दै ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताए ।
उनले भने, ‘काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ । जहाँबाट रास्वपाको जन्म भयो त्यहाँबाट नै प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आएको छ । तर रास्वपाको प्रभाव पहिलेभन्दा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर ग्रामिण क्षेत्रमा बढेका प्रभाव चुनाव जित्ने तहसम्मको प्रभाव होइन भन्ने आँकलन छ । हाम्रो प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ ।’
त्यस्तै, उनले झापा क्षेत्र नम्बर ५ मा आफूहरु सुरक्षित रहेको बताउँदै सामाजिक सञ्जालमा लोकप्रिय बनाइएका बालेन शाह जाँदाको भिड कुनै निर्णायक नरहेको बताए ।
‘अहिले सोसल मिडियामा लोकप्रिय बनाइएका बालेन शाह देश दौडानमा हिड्दा र युवाहरुको भिड देख्दा लहरै त्यतै होकि भनेर चर्चा गरिरहेको देखेको छु । डेढ लाख मतदाता भएको ठाउँमा ४–५ हजार आएर जम्मा हुँदा भिड देखिन्छ । त्यो भिड नै निर्णायक हो भनेर विश्लेषण गर्ने हो भने चुनाव नै हुँदैन् । पहिलो पटक चर्चामा आउँदा हेर्न गएको कुरा दोस्रो पटक त्यही हुन्छ कि हुँदैन् ? बालेन दोस्रो पटक जाँदा त्यही भिड हुन्छ कि हुँदैन त ?’ उनले भने,।
उनले अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको भन्दै भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको आरोप लगाए ।
प्रकाशित समय : १४:०३ बजे





















