global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निर्वाचनका लागि १९ अर्बभन्दा बढी बजेट स्वीकृत

निर्वाचनका लागि १९ अर्बभन्दा बढी बजेट स्वीकृत

निर्वाचनका लागि १९ अर्बभन्दा बढी बजेट स्वीकृत

फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले हालसम्म १९ अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट स्रोत सहमति दिएको छ। तर यो रकममध्ये करिब ६ अर्ब ३६ करोड रुपैयाँ मात्रै निकासा भएको देखिन्छ ।

अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै बजेट निर्वाचन आयोगका लागि छुट्याइएको छ। आयोगलाई हालसम्म ६ अर्ब ७३ करोडभन्दा बढी स्रोत सहमति दिइएको भए पनि करिब ६ अर्ब ३१ करोड रुपैयाँ मात्रै खर्चका लागि निकासा भएको छ।

सुरक्षा व्यवस्थाका लागि पनि ठूलो बजेट छुट्याइएको छ। गृह मन्त्रालय र मातहतका निकायका लागि १० अर्ब ३९ करोड रुपैयाँ स्रोत सहमति दिइएको छ। यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा खर्च समेटिएका छन्।

नेपाली सेनाका लागि उपकरण खरिद र अन्य व्यवस्थापनमा करिब २ अर्ब रुपैयाँभन्दा बढी स्रोत सहमति दिइएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि पनि छुट्टै बजेट व्यवस्था गरिएको छ।

प्रकाशित समय : १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु