global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २८७ जनाले लिए सेवा

जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २८७ जनाले लिए सेवा

जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २८७ जनाले लिए सेवा

काठमाडौं । जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८७ जनाले सेवा लिएका छन् ।

महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजना गरिएको एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरको सेवाको विवरण सार्वजनिक गर्दै कार्यालयले १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएको जानकारी दिएको हो ।

विवरण अनुसार भ्यासेक्टोमी ३, आरएच मोरबिडीटी सम्बन्धी सेवा ७०, एचपिभी डीएनए ४२, स्तन क्यान्सर परीक्षण ३८, युटीआई सम्बन्धी सेवा ३, पीआइडी १०,अल्ट्रासाउन्ड ५० ,महिनावारी सम्बन्धी ५ जनाले सेवा लिएका छन् ।

शिविर गत सोमबार माघ १२ गते सञ्चालन भएको थियो । उक्त शिविरको विवरण कार्यालयले आज सार्वजनिक गरेको हो ।

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु