global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९ प्रतिशत चिकित्सक उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको ७४ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९ दशमलव ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

मंगलबार र बुधबार काउन्सिलले सञ्चालन गरेको परीक्षामा सहभागी ९४३ मध्ये ३७२ (३९.४५) जना चिकित्सक मात्रै उत्तीर्ण भएका हुन्।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेपनि २४ जना अनुपस्थित रहेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए।

एमबीबीएस तर्फ कुल ७९३ जनाले फारम भरेकोमा ७७५ जना सहभागी थिए। जसमध्ये ३ सय जना मात्र उत्तीर्ण भएका हुन्। बीडीएस तर्फ फारम भरेका कुल १७४ मध्ये १६८ जना मात्र सहभागी भएका थिए। जसमध्ये ७२ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु