गृहपृष्ठ पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर प्रस्ताव पारित

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर प्रस्ताव पारित

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर प्रस्ताव पारित

काठमाडौं । पोखरा फाइनान्सको वार्षिक साधारणसभाले समृद्धि फाइनान्ससँग मर्जरको विशेष प्रस्ताव पारित गरेको छ।

पोखरा फाइनान्सको आज सम्पन्न २८ औँ र २९ औँ वार्षिक साधारणसभाले समृद्धि फाइनान्ससँगको मर्जरको विशेष प्रस्ताव पारित गरेको हो। सभा कास्कीको पोखरास्थित बाँस्तोलाथरमा रहेको दरबारथोक बैंक्वेटमा भएको थियो।

सभाले पोखरा र समृद्धि फाइनान्सको बीचको मर्जर प्रस्ताव पारित गर्नुका साथै मर्जरपछि शेयर संरचना परिमार्जन हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ। सभाले दुवै कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुने विशेष प्रस्ताव पनि पारित गरेको छ।

सभाले मर्जर प्रक्रियाका क्रममा सम्पूर्ण कार्य पारित गर्नेछ। सभाले मर्जरपछि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति लिई एकीकृत कारोबार सुरु गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।

सोही सभाले पोखरा फाइनान्सको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ। सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसभा प्रस्ताव पारित गरेको छ।

सभा प्रयोजनका लागि पोखरा फाइनान्सले गत पुस ३० गते बुक क्लोज गरेको थियो। यसको अर्थ पुस ३० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै सभामा भाग लिन योग्य भएका थिए।

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु