global ime bank Long Banner Ad

गृहपृष्ठ गरिमा विकास बैंक र चार्टर्ड एकाउन्टेन्ट संघबिच सम्झौता

गरिमा विकास बैंक र चार्टर्ड एकाउन्टेन्ट संघबिच सम्झौता

गरिमा विकास बैंक र चार्टर्ड एकाउन्टेन्ट संघबिच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबिच सम्झौता भएको छ। बैंकले चार्टर्ड एकाउन्टेन्टलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो।

सोसम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि नेपाल चार्टर्ड एकाउन्टेन्टन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु