गृहपृष्ठ प्रिमियरमा अन्तर्राष्ट्रिय बास्केटबल प्रशिक्षक नेल्स हकिन्सनसँग विशेष मास्टरक्लास
प्रिमियरमा अन्तर्राष्ट्रिय बास्केटबल प्रशिक्षक नेल्स हकिन्सनसँग विशेष मास्टरक्लास
प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बास्केटबल प्रशिक्षक, मेन्टर तथा खेल विकास क्षेत्रका विज्ञ नेल्स हकिन्सनद्वारा विशेष बास्केटबल मास्टरक्लास आयोजना गरेको छ। कार्यक्रममा प्रिमियरका छात्रा तथा छात्र बास्केटबल टिमसँगै प्रिमियर स्पोर्ट्स एकेडेमीका खेलाडीहरूको सहभागिता रहेको थियो, जसले विद्यालयको खेलमार्फत समग्र विद्यार्थी विकासप्रतिको प्रतिबद्धता झल्काएको छ।
ट्रिनिटी वेस्टर्न र सिएटल प्यासिफिक विश्वविद्यालयमा खेलाडी र प्रशिक्षकका रूपमा काम गरेका नेल्स हकिंसन पछि ँक्ष्द्यब् ओलम्पिक सॉलिडारिटी र ग्क्ब् द्यबकपभतदबिि मा नेतृत्व भूमिका निभाउँदै विश्वभरि बास्केटबल विकासमा मार्गदर्शन गर्ने व्यक्तित्व हुन्। एक घण्टाको मास्टरक्लासमा हकिन्सनले आफ्नो लामो अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभवका आधारमा खेलाडीहरूलाई सहनशक्ति विकास, खेल बुझाइ (गेम इन्टेलिजेन्स), आधारभूत सीप सुदृढ गर्ने तरिका तथा वास्तविक खेल परिस्थितिमा प्रयोग गर्न सकिने व्यावहारिक प्रविधिबारे प्रशिक्षण दिए। यससँगै उनले चुनौतीहरूलाई पार गर्दै अघि बढ्ने, अनुशासनमा रहने र उपलब्ध अवसरहरूको पूर्ण उपयोग गर्ने महत्त्वमा विशेष जोड दिए।
प्रशिक्षणका क्रममा हकिन्सनले खेल जित–हारको अंकभन्दा बाहिर सोच्न प्रेरित गर्दै, खेलाडीको सोच, तयारी, दैनिक बानी–व्यवहार र मैदानबाहिर गरिने निर्णयहरूले खेल प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा गहिरो सन्देश दिए। सहभागी विद्यार्थीहरूले यस अनुभवलाई प्रेरणादायी भएको बताउँदै, जितभन्दा दीर्घकालीन विकास, आत्मअनुशासन र जिम्मेवारीबोधमा ध्यान केन्द्रित गर्न सहयोग गरेको साझा गरे।
यो मास्टरक्लास नेपाल विश्वविद्यालय खेलकुद संघ ९ग्लष्खभचकष्तथ क्उयचतक ब्ककयअष्बतष्यल या ल्भउब०ि को सहकार्य र समर्थनमा सम्भव भएको हो, जसको साझेदारीले प्रिमियरका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्यो।
प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलमा खेल शिक्षा प्रतिस्पर्धामा मात्र सीमित छैन, यो चरित्र निर्माण र जीवन सीप विकाससँग गहिरो रूपमा जोडिएको छ। अनुभवी अन्तर्राष्ट्रिय मेन्टरहरूसँग विद्यार्थीलाई जोड्दै, विद्यालयले आत्मविश्वासी, अनुशासित र सोच्ने क्षमतायुक्त विद्यार्थी तयार गर्ने लक्ष्यलाई निरन्तर अघि बढाइरहेको छ, जहाँ खेल र जीवन दुवैमा सफलता निरन्तर प्रयास, सही सोच र व्यक्तित्व विकासबाट आउने विश्वास गरिन्छ।
प्रकाशित समय : १६:३७ बजे





















