global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ क्षेत्रको शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

बैंकिङ क्षेत्रको शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

बैंकिङ क्षेत्रको शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइको आर्थिक वर्ष २०८१-८२ मा वित्तीय सूचना संकलनमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार ६३८ रहेका सूचक संस्थाहरूको संख्या बढेर तीन हजार ४८७ पुगेको एकाइले जनाएको छ ।

सो अवधिमा एकाइले आठ हजार पाँच सय ६५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो । एकाइले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन मंगलवार सार्वजनिक गरेको छ ।

प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा हुने वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत, संस्थागत र सञ्चालनगत प्रगतिको समग्र विवरण प्रस्तुत गरेको छ ।

प्रतिवेदन अनुसार एकाइले आर्थिक वर्ष २०८१-८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको छ । साथै शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्नुका साथै वित्तीय सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा परिमार्जन गरिएको छ ।

प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत उल्लेख्य रूपमा बढेको छ । विश्लेषणपछि ८४५ वटा शंकास्पद कारोबार तथा गतिविधिमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रियस्तरमा पनि सहकार्य विस्तार गरिएको छ । आर्थिक वर्ष २०८१-८२ मा एकाइले विदेशी वित्तीय जानकारी एकाइहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ । यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्धको सहकार्यलाई थप सुदृढ गरेको छ ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु