गृहपृष्ठ प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि प्रधानन्यायाधीश राउत सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका हुन् । मंगलबार पनि उनी अस्पतालमै रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
प्रकाशित समय : २०:०५ बजे



















