काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दिपल ई०७ ‘ट्रान्स्फर्मर एक्स’ नेपालमा सार्वजनिक गर्ने तयारी

1.47K
shares

गत वर्ष विश्वकै पहिलो ‘ट्रान्स्फर्मर एसयूभी’ दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लू वृद्धिले यसको नयाँ संस्करण ‘ट्रान्स्फर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

ई०७ ले एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयूभीबाट पिकअपमा रूपान्तरण हुने अद्भुत क्षमता मार्फत एसयूभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्स्फर्मर एक्स यसै नवप्रवर्तनलाई अझ उचाइमा पुर्‍याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्न तयार छ ।

नयाँ ई०७ मा ‘एडभान्स्ड एयर सस्पेन्सन सिस्टम’ छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ । यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीएस), अधिकतम २ सय २३ मिलिमिटरसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लियरेन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन्, जसले नेपालका विविध सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्छ ।

यसमा चार यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिट छ जसले हरेक यात्रालाई फर्स्ट क्लास अनुभवमा परिणत गर्छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरी सहित १४ वे पावर एडजस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने छ ।