global ime bank Long Banner Ad

गृहपृष्ठ विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने

विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने

विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने

नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेका छन ।

विशेष महाधिवेशन मागकर्ता नेताहरुले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टीको विधानअनुसार यही पुस २७ र २८ गते यहाँ विशेष केन्द्रीय महाधिवेशन आह्वान गरिएको बताए ।

वर्तमान विषम राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ, गतिशील र जनभावना अनुकूल बनाउन तथा समसामयिक नीति निर्माणसहित पार्टीको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनिहरुको ठहर छ ।

पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४.५८ प्रतिशतअर्थात् २,४८८ जनाले गत असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गराएका थिए ।

विधानको धारा १७(१)अनुसार गत मङ्सिरभित्र १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने स्पष्ट उल्लेख गरेको भए पनि तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन नसकेको उनिहरुको भनाइ छ ।

पार्टी विधानको धारा १७(२) मा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रतिमा गौतम र प्रकाश स्नेही तथा देवराज चालिसे, जगदीशनरसिंह केसी, सुवास पोखरेल, मनोजमणि आचार्य, माधवप्रसाद चाम्लागाईलगायत नेताले विधानको त्यस्तो मागलाई असान्दर्भिक ठहर गर्ने अधिकार कसैलाई नभएको बताए ।

साथै उनिहरुले विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरे ।

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु